Saturday, April 2, 2022

फायर आगो

अल गुर्खा फ्रन्टलाइनर्स 

बेगमा छौं हामी, गतिमा छौं 

नरोक पाइला हाम्रा, सहमतिमा छौं 

अर्ध सैनिक जत्थामा छौं , हामी समूहमा छौं 

मानव कल्याणकारी हितका लागि आरोह अबरोहमा छौं, 

निस्कँदै छौं हामी बारुण यन्त्र, पानीका फोहोरा बनेर 

जोश, जागर, उमङ्गका साथ, अबरोधका बिच पहरा बनेर।।  

बेगमा छौं हामी, गतिमा छौं 

अल गुर्खा फ्रन्टलाइनर्स सहमतिमा छौं 

यहाँ गाउँबस्ती बचाउनु छ,शहर बचाउनु छ 

मान्छे भएरै त मान्छेका, बाँच्ने रहर बचाउनु छ!!

मानव सेवामा बढेका हाम्रा, हर कदमहरु अब   

रोकिने छैनन् कदापी, घाऊ चोटमा मलमहरु अब

लड्ने छौं खट्ने छौं हामी अहोरात्र शान्ती शुरक्षाका लागि

छातीमा हात राखी, खाँदै छौं हर कसमहरु अब ।। 

निभ्ने छ डँढेलो निभ्ने छ आगो 

निस्कने छैन ज्वाला भिज्ने छ आगो!!

जन,बन, जल, जमिन साराका खातिर 

हुँदैछ 'अल गुर्खा फ्रन्ट लाइनर्स' शुरक्षामा आतुर!!      

प्राकृतिक प्रकोप, दैवी प्रकोप, चाहे सूनामी नै किन नहोस्

भोक, प्यास, निन्द्रा, मध्य रात चाहे, बिहानी नै किन नहोस् !!

बेगमा छौं हामी, गतिमा छौं 

नरोक पाइला हाम्रा, सहमतिमा छौं  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...