Sunday, April 17, 2022

मोहित गजल

छाडेर ती प्याला, आउ म मा हराउ
नजर हुँदै मनमा, जाउ म मा हराउ।।

भूल्नेछौ सब् बाटा, निस्कनु पर्दैन
पुरिनेछन् पूराना, घाऊ म मा हराउ।।

न आउनु थियो  बाटो बिराई सक्यौ
ओठ चल्दा तिमी, गाउ म मा हराउ ।।

गूलामी सम्झ आफैं, आफैं महाराजा 
नराख् बाहिर ती, पाउ म मा हराउ।।

बिन्ती बिसाए, नलडाउ नजर अब
यी बाचा कसम, खाउ म मा हराउ।।

- कल्पना पौडेल आचार्य 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...