Sunday, April 10, 2022

हामी नेपाली छौं ।।

केही सवालहरु 

थुप्रै अनुत्तरित सवालहरु बिच 

फेरी केही सवालहरु  

सवाल पुरानै हुन् 

कि कमरेड् देश भनेको के हो? 

जय नेपाल हजुर!

देश भनेको के हो? 

सार्वभौम के हो?

अपरिभाषित युद्ध जस्तै 

यो गणतन्त्र के हो? 

त्यो राजतन्त्र के थियो? 

जोडा मिलाऊ र फरक छुट्याऊ जस्तै  

के यशियाली मापदण्ड र पञ्चशिल योजना हुन्? 

बिकास क्षेत्र र सङ्घियता के हुन्? 

ईतिहाँस झुट होइनन् भने

हैन भने फरक छुट्याऊ  

हिजोका बाईसी चौबिसी राज्य र 

अनि आजका गनपते राज्य बिच,  

ए हलो कमरेड जय नेपाल !!

खबरदार!

नभाग तिम्रा दस्तावेजहरु जस्तै 

हाम्रा सवालका ठेलिहरु छन् 

अनेक तिकडमहरु बिच 

आज अर्कै सवाल खडा छन् 

ए साच्चै 

फरक मत फरक झन्डा फरक ईतिहाँस 

फरकै फरक नितान्त पृथकता बोकेका 

तिम्रा हाम्रा उनका सिद्धान्तहरु बिच 

यो कस्तो गठबन्धन हो ?

केवल सत्ता साझेदारीको लागि?

लाज सरम त थिएन तिमीहरु सङ्ग 

आज किन झनै नाङ्गिएका छौ?

उदाङ्गिएका छौ?

के अपरिभाषित देश तिम्रा बिर्ता हुन्? 

तिमीहरुले चाहेको त्यस्तै सार्वभौम हुन्

खै त जनताको चाहनाका कदर?

के यी हामी जिवित जनता, 

तिमीलाई एक भोटका लागि मात्र हौं?

ए सरकार! 

के परिभाषित गर्न सक्छस् ?

सरकार भनेको के हो? 

आजको तँ तेरो सरकार 

र हिजोको हुकुमी सरकार बिच 

फरक छुट्याउन सक्छस्?

भोक रोग शोक 

अनेकौं अभाब दबाब र प्रभाव बिच 

कुन मापदण्ड् बिच 

कसरी देश (राष्ट्र) चलाऊँदै छस्?

एति भन्दे कि तँ कहाँ छस्?

थोरै भएपनि प्रत्याभूती देओ 

जुका रूपी लाजनिती दलहरु 

कि देश छ 

यहाँ सरकार छ 

यहाँ जनता छन्

कानुन छ 

न्याय छ 

कि समग्रमा 'नेपाल' छ 

हामी नेपाली छौं ।। 

--------------

श्रीभक्त पौडेल 'आफन्त'   

परदेशबाट 




No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...