Monday, April 11, 2022

आफ्नो त जहाँं टेक्यो, उहिँ धराप भेटिन्छन्

आफ्नो त जहाँं टेक्यो, उहिँ धराप भेटिन्छन्
आशिर्वादको बदलामा पनि, सराप भेटिन्छन्!!

पिउँदिन भन्छु सधैं, परन्तु छाती रसाए पछि 
दबाई भनि जे ल्याएको, त्यही सराब भेटिन्छन्!!

कसोरी सहनु के अब त, अति नै भयो ए हजुर 
आफूँ परियो स्वतन्त्रताको पूजारी, दबाब भेटिन्छन्

न बुझ्छन् कसैले, न बुझ्न् खोज्छन् कोही आज 
सिधा सिधा स्वालका, घुमाउरा जवाब भेटिन्छन्!!

असफल भएको थिएँ, नामर्दीको टिका लाग्यो 
यो 'आफन्त'का आफन्तीहरु खराब भेटिन्छन् !!  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...