Saturday, April 9, 2022

यी रातका अन्धेरीहरु, ती जुनेलीलाई के थाहा

 यी रातका अन्धेरीहरु, ती जुनेलीलाई के थाहा  

(जो चन्द्र सङ्गसङ्गै आउने गर्छिन्)
बालपनका याद छुटीजाने सहेलीलाई के थाहा!! 

गोली छुट्छ बन्दुकबाट, निशानामा 'चरी' 
मट्याङ्राका चोटहरु, गुलेलीलाई के थाहा !!

भित्र भित्रै फूरुङ्ग छिन्,कसले रोक्ने उनलाई 
बाहिरी नकाव मनकी, उजेलीलाई के थाहा !!

रोई दिन्छन् बर्षि दिन्छन्, मन दुख्दा नजरहरु 
आँसुका स्वाद मिलेका, परेलीलाई के थाहा!!

बहहरु पोखिदिन्छु बनाई गीत कविता गजलमा 
ओठ चल्छन् एकान्तमा, सुशेलीलाई के थाहा !!
-------------------------
श्रीभक्त पौडेल आफन्त 
चैते दशै अस्टमी 
चैत्र २६,२०७८
शनिबार  
    

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...