Monday, February 28, 2022

''केवल घरको आङ्गनमा एउटा पानीको धारो'

सरकार नदी बेच्छ 
जनता प्यासमा छन् 
छि यो राजनीतिको  
अन्ध विश्वाशमा छन्!!

मर्न मार्न जनता उकास्छन् 
पानीकै फोहोराले दमन गर्छ
सरकार नै त पर्‍यो त्यो हाम्रो 
स्वच्छ पिउने पानीको कमी छैन भन्दै 
सुन्नु भो'नी शिन्ह दरबार झुटैझुटको बमन गर्छ,
प्यास मात्रै भेटिन्छन् मोफेसलका गाउँ बस्तिमा 
जहाँ सरकारका न पाईला पुग्छन् न नजर     
चुनाव अघि पुगेका थिए केही रङ्गिन झण्डाहरु 


खानेपानीका ग्यारेन्टी दस्तावेजहरु बोकेर 
अहिले न ति झन्डा पुग्छन् न झन्डा बोक्नेहरु
कैयौं तन्त्र फेरिए मन्त्र फेरिए 
तर फेरिएनन् प्याशका कथाहरु प्याशीका बेथाहरु 
हतियार उठाउन सिकाए जनतालाई 
युद्धका कला सिकाए निमुखाहरुलाई 
तर सिकाएनन् कुवा खन्न।। 
मिनरल वाटर'ले नुहाउँछ 
बालुवाटार र शितल निवास 
बुढानिलिकण्ठ र बालकोटका दरबार,
सुन्दर सुदुर काकाकुल बनेको छ       
कैयौ लेखिए कविताहरु पनि 
कैयौं गाईए क्रान्तिका गीतहरु पनि,
हो हुन पनि 
रगत बग्न एक रात काफी छ 
पानी बग्न जुग लाग्दो रहेछ,
नसोच्नुस्, यो अभियान 
मित्रको मात्र भनेर 
पार्देको मात्र भनेर। 
नारा पुरानै हो जनताको 
अभिलाषा पुरानै हो जनताको 
मात्र हजुरको मेरो एेकबध्यता चाहिएको छ 
हिजो सुनपुरमा पानी बग्यो 
भोलि सिङ्गो घोराही र तुल्शिपुरमा बग्छ 
पर्सी पुरै दाङ्ग उपत्याकामा बग्छ,
अनि सिङ्गो नेपालले पिउनेछ ।। 
आऔं हातेमालो गरौं 
होस्टेमा हैंसे थपौं,
पानी नै जीवन हो 
जीवन नै पानी हो, 
यो अकाट्य सत्य
यो नैशर्गिक अधिकार हो 
न हामी युद्ध चाहन्छौं 
न गोला र बारुद 
''केवल घरको आङ्गनमा एउटा पानीको धारो''
बस हाम्रो सपना यही हो।। 
  
   
-श्रीभक्त पौडेल'आफन्त' 
रामपुर चितवन 
हाल स्पेन   

Saturday, February 26, 2022

उसै त त्यो झिनुवा जिरा झानेको

उसै त त्यो झिनुवा जिरा झानेको 
ढुङ्गा निस्क्यो पिरती हिरा ठानेको, 

चाहिदैन करौंती,,, चक्कु छुरी 'नि 
देख्दैनौ यो छातीमा चिरा पारेको!!

उसै त त्यो झिनुवा जिरा झानेको
झूल्न सिकायौ,,,सानू भूल्न सिकायौ

त्यै पिरतीको बगानमा डुल्न सिकायौ

लाज लाग्थ्यो बोल्न हास्न दुनियाँका सामु
यहि दुनियाँका अगाडि खुल्न सिकायौ।।

उसै त त्यो झिनुवा जिरा झानेको 
बैगुनी पो निस्क्यौ आफ्नै ठानेको।।

Thursday, February 24, 2022

बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!! edit req

 छ्या हिजोआज केके'केके सुन्नु पर्या छ

आँखामात्र कहाँ होर? कान थुन्नु पर्या छ  !!

पार्नु त कसैलाई पनि छैन, भेटिन रेशम 

मनभरी माकुरीका, जालहरु बुन्नु पर्या छ !!

उफ् बदनाम गरायो मायाले हो कि मोहले 

न मातेपनि मातेको झैँ गरी झूल्नु पर्या छ!!

मौनता मन पर्छ मन परेर के गर्छस 

नचाहँदा नचाहँदै यहाँ खुल्नु पर्या छ!! 

न मन्दिर न चुल्ठो न घाट तै पनि 

बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!!

  



Sunday, February 20, 2022

तिम्रा यादहरु मलाई २

भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने 


सपनीमा मात्र केवल, रङ्गहरु फेट्छन् भने !!


न आएर पो के हुन्छ खै छुटेकाका यादहरु   

सपनीमा आई सपनी मै, सब मेट्छन् भने!!

 

सुन्नु छैनन् ती पदचाप, पाउजुका झङ्कार 

नजरको बाटो हुँदै छातीमा नै टेक्छन् भने


भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने

बादल बनी आकाश कै, चन्द्र छेक्छन् भने   


बदनाम बनाई माया बदलाको आगमा जली 

चाहिएन  त्यो  माया, यो मुटु रेट्छन् भने !!!


Saturday, February 19, 2022

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ
मिठो खान्छु भन्दा भन्दै,नुनै छुटेछ!!
 
लेख्दै मेट्दै गर्थें मैले कथा ब्यथाहरु 
सिङ्गार्दै थिएँ ती गीतहरु, धुनै छुटेछ!! 

लोभ हो कि मोह कुन्नी बुझ्नै नसक्दा  
हिरा खोज्दा भेटेँ पत्थर, सुनै छुटेछ!! 

आफन्तका माझबाट, टाढिएको बेला 
साथी भाईइले छोडिगए, रुनै छुटेछ!!

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ 

फाल्गुन ७, २०७८ शनिबार 
स्पेन 

Saturday, February 12, 2022

प्रदिपका यादमा

  













उफ्! थाहै नदिई तैंले पो छोडेर गैइस है
ओई जिउँदै छस् कि मरिस भन्ने गर्थिस् !!

थुप्रैछन् अझै तैंले गर्नुपर्ने काम बुझिस् 'श्री' 
केही बाँकी छन् केही पुरा गरिस भन्ने गर्थिस् 

क्षमता छ तेरो काले खुबी छ तेरो देश फर्की  
बेकारमा थुप्रै देश बिदेश चरिस भन्ने गर्थिस् !!

माया थियो बचपनको मित्रता हाम्रो याद बनाएर 
हैन हो भेटिन्नस त तँ कहाँँ परिस भन्ने गर्थिस्!! 

धेरै पिउने बानी नगरेस है काले चालिस कटिस 
डाँडा तिरै छस् कि बजार झरिस भन्ने गर्थिस्!!

बिन्ती सधैं सपनामा आउने गर है 'साले' प्रदिप    
के गर्नु त नजिक छैनस टाढा सरिस भन्ने गर्थिस्!!


मेरो बचपनको साथी, कक्ष्या ६ पढ्दा देखिको साथी, हामी सङ्ग हज्जारौं यादहरु छन् स्कूल हापेर भिडियो हेर्न गएका देखी, पछील्लो बेन्चमा बसेर अगाडीका साथीको सर्टमा कलमले कोर्ने सम्म, भूगोलको क्लासमा अनेक बहानामा हल्ला गर्ने देखी एउटै बरफ पालैपालो खाने सम्म, एक मोहोरको चनाचटपट बांढेर खाने देखि हरेक बदमासिको जिम्मा लिने सम्म। के बाँकी राख्यौँ होला र हामीले ति स्कूले दिनमा गर्नको लागि, झ्यालका सिसा फोरेनौँ कि पंखाका स्विच तोडेनौँ? जीवनका ति कालखण्डहरुमा हरेक पल सङ्गै रहन्थ्यौं कि मेरो घर कि उसको घरमा। पछाडी क्यारियर्स नभएको उसको साइकलमा अगाडी डन्डीमा बसेर कैयौँ यात्रा गर्यौं गन्जशिङ्गको फिल्महल देखि हेल्थपोस्ट सम्म। एस एल सि परिक्ष्याको पहिलो दिन देखि उसैको घरमा मुवाले बनाएको खाना खाएर पढेका पलहरु अझै मानसपटलमा ताजै छन् 


क्रमश:      

 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...