आँखामात्र कहाँ होर? कान थुन्नु पर्या छ !!
पार्नु त कसैलाई पनि छैन, भेटिन रेशम
मनभरी माकुरीका, जालहरु बुन्नु पर्या छ !!
उफ् बदनाम गरायो मायाले हो कि मोहले
न मातेपनि मातेको झैँ गरी झूल्नु पर्या छ!!
मौनता मन पर्छ मन परेर के गर्छस
नचाहँदा नचाहँदै यहाँ खुल्नु पर्या छ!!
न मन्दिर न चुल्ठो न घाट तै पनि
बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!!
No comments:
Post a Comment