Wednesday, October 7, 2015

नारायण !


हसाउंदै छ छिमेकीले, जगत नारायण
बिर्सीएछ कि गोर्खालीको, बिगत नारायण
बिखण्डनको बिऊ रोप्ने, माली नै बेइमानी
कुम्ल्याए कि डाङ्डासाबले, नगत नारायण
आफ्नै घरमा आगोझोसी खरानीको न्यानो
बिग्री सक्यो रे मधिसेको, मगज नारायण
अंग्रेजको बिस्तारबाद, सिमानामा रोक्नेको
न´तताउ ए! मोदी जोगी, रगत नारायण
मेची हाम्रो महाकाली नी, सगरमाथा शीर:
स्वाबलम्बी बन्न सिकौंन, फगत नारायण

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...