
नखोज भुल्न मनमा छु तिम्रो
हरेक ति धड्कनमा छु तिम्रो
नसोच कहिल्यै पराए भएं म
पाउजु चुरि खन्खनमा छु तिम्रो
नजरमा बसेथें ईशारामा हराएं
महसुस् अपना पनमा छु तिम्रो
नसोध अब कहाँ कहाँ म हुन्छु
घाँस दाउरा रनबनमा छु तिम्रो
शरदका जुन सँगै बिहानी सितमा
ए नखोज भुल्न मनमा छु तिम्रो
No comments:
Post a Comment