Saturday, October 24, 2015

केही मुक्तक

पानी बिनाको, बादल भएं म
खरी झारेको, मादल भएं म
बिहानी सीत, खसेको कोपिला
सब्को नजर्मा, पागल भएं म

दुनियाँको रित्, घाऊ कोट्याउने
के देखे कुन्नी, कायर भएं म
जे सुकै भनुन्, भन्नेहरु यहाँ
आफ्नै नजरमा, सायर भएं म

अघोसित युद्ध, चर्कंदै छ छाती
नाका´बन्दिको, चामल भएं म
सकियो नुन्तेल्, अभाव उस्तै छ
पिडा देखिन्न, घायल भएं म

खसाल्छ दुनियाँ शब्दका इंटपत्थर
कहिल्यै नपुरिने, खाडल भएं म 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...