Saturday, December 28, 2019

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",

आज म मेरो आफ्नै अन्तरमनमा
एउटा कविता खोज्दैछु
कविताका इलिमेन्ट्स खोज्दैछु
थोरै कन्टेन्ट्स खोज्दैछु
केही सेन्टिमेन्ट्स खोज्दैछु
वास्तवमा एउटा पूर्णत कविता खोज्दैछु।
अन्तरघातका कविता लेखिए
विश्वाशघातका कविता लेखिए
आखिर के नै लेखिन बाँकी छन् र?
कविताहरुमा
राजनीति बेथितीका लेखिए
इतिहाँसका उपहास लेखिए
चाँदनी र दोधाराका गीत लेखिए
बलात्‍कृत निर्मलाका पनि त कविता लेखिए
तर खै न्यायका कविताहरु?
कृष्णप्रसाद अनि गोबिन्द के सीका पनि त लेखिए
कविताहरु तर खै
खै अन्याय माथि न्यायका बिजयका कविताहरु?
र पनि म भित्रको शुक्ष्म कवि आज
आँफै भित्र कविता खोज्दैछ
जुन कविताहरु
अनन्त अनन्त सम्म लेखिएका छैनन् ।।
न् कार्ल मार्क्सले लेखे
न शेक्स्पियर ले नै
न् निकोलाई ले लेखे
न गोर्किले नै ।।
कर्णाली नपुग्दै कैयौं तेल नुनका बोराहरु हराए
खेल्दैगरेका आङ्गनबाट आमाका छोराहरु हराए 
आखिर के हराएनन् र यहाँ?
सिमानाबाट जङ्गे हराए
शिन्हदरबार बाट जमिन हराए
लुम्बिनीबाट पात सहित पिपलका बोट हराए
लेकका खर्कहरुबाट भेँडी र गाई गोठ हराए ।।
यथार्थमा लाखौं कविता हराए
त्यसैले त आज म कविता खोज्दैछु
शसक्त कविताहरु
कि ति कविताहरुले
सामन्तबादका जरा उखेलिउन्
सामन्तीका महल हल्लिउन
हल्लिउन् दुस्ट छिमेकीका
अहमताहरुका पर्खाल नै
कुदृष्‍टिहरुमा फूलो पारुन।।
भन्छन् रबी नपुगेको ठाउँमा कवि पुग्छन्
तर खै लेखनाथ, भानु, मोती , समले
पाइला टेकेका भूमिमा रबी ??
खै भिमनिधीले शिलन्यास गरेका सिमानाहरु
खै देबकोटाले कोरेका कविताहरु
आखिर किन अबमुल्यन भैरहेका छन्
तिनै कविताहरु
जो शसक्त थिए।
अझै म म भित्रको कविता खोज्दैछु
जो तपाईं सङ्ग छ
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",
जय कविता जय कवि
राष्ट्रका कविहरुको सम्मान गरौं
कविताहरुको सम्मान गरौं ।।
---------------------------
प्रेमप्रकाश पौडेल
रामपुर चितवन ।।


     

Friday, December 27, 2019

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला
हातमा छ मिठो केरा खानु भन्दा कसो होला !!

मनमा थियौ मेरो, सजाएको थिएं सपना सरी
त्यसैले त मनै देखी 'नानु. भन्दा कसो होला  !!

खै के दिउँ नासो आज, मूल्यवान केही छैन 
साथमा यै रातोगूलाब, लानु भन्दा कसो होला!!

आउमिली संसार बसाउँ, सिमलको त्यो रूखमा 
म भएँ ज्यामी माहुरी, 'रानु' भन्दा कसो होला !!

भो भो भो भाऊ नखाउ, बोलाउनु गल्ती भयो
बाटो छेकेकै छैन अब, जानु भन्दा कसो होला!!

 --------------------------------------------------
'भन्दा कसो होला' काफिया गुरु पोष्टराज चापागाइँ  

अन्ध्यारो त्यो गूफाभित्र, पस्दै पस्दै गएँ!!

नचाहँदा, नचाहँदै म, फस्दै फस्दै गएँ
अन्ध्यारो त्यो गूफाभित्र, पस्दै पस्दै गएँ!!

कमजोर थिए रसी, मायाको नाम लिँदै 
फूस्केलाकी भन्दै दरो, कस्दै कस्दै गएँ!!

फिका लागे भित्ता, बेरङ्ग आँखी झ्यालमा 
जवानीका,, रङ्गहरु जो, घस्दै घस्दै गएँ!!

शिखर भेटेँ कतै मैले, कतै भेटेँ कुवा पनि
शिखरको बाटो हुँदै तल, खस्दै खस्दै गएँ!! 

साथी भन्नु, त्यही एउटा, कालो नाग थियो
जेजे भेटेँ, त्यहाँ जिबजन्तु, डस्दै डस्दै गएँ!! 

धुवाँ यो छातीमा मडारीयो आगो त्यो'बनमा थियो !!

केही त थियो, हामी बिचमा, जो मनमा थियो
केही चाहना, भित्री अनुभूती, जो'वनमा थियो!!

छट'पटी थिए , भुट'भुटी, थिए  के'के थिए'थिए
धुवाँ छातीमा मडारीयो, आगो त्यो'बनमा थियो !!

अगाडी प्रेमका खाडल, पछाडी प्रेमकै आँधिबेहरी
फर्कने कि अघी बढ्ने,, अन्योलता दो'मनमा थियो !!

नफक्रिएर के भयो? गूलाब आखिर मायाको चिनो
धरो-धर्म कसम, त्यो भित्रीराज भने यौ'वनमा थियो !!

आजफेरी केहीपल, तिनै मिठा यादमा गुजारें मैले
ताजा भेटिए सबै यादहरु,, यो एक्लो'पनमा थियो !!

गजल/ आगो थियो समय, पानी पनि उहीं थियो

महशुस् आजका, बाफिला मातहरु जस्तै
पैलो 'पैलो प्रेमका,,, पहिला रातहरु जस्तै !!

कस्ता उन्माद थिए, भेटिदैनन् खै आज
कम्मल भित्रका,, रसिला बातहरु जस्तै !!

छुट्दैनन् अधर, न छुट्छन् दुई उदरहरु
कस्मकस् प्यारमा,, दरिला हातहरु जस्तै !!

अंध्यारोमा तिर चल्दा,, घाऊहरु मिठा
चाँदनी सहित,, चम्किला रातहरु जस्तै !!

आगो थियो समय, पानी पनि उहीं थियो
आगो र पानीकै,, कसिला साथहरु जस्तै !!

Monday, December 23, 2019

प्रेम पनि बैध अबैध देख्ने

न त मेरो थियो प्रस्ताव ,न त उनको थियो
जो जे थियो सम्झौता, घाम र जूनको थियो !

संघर्षका दिन हुन्थे मुस्कुराउँथे थकानहरु पनि
आफ्नै आँसु आफ्नै पशिना,स्वाद नुनको थियोे !

परदेशका 'जमिन', पाखुरी स्वदेशका नै हुन्थे 
निराशा चिर्दै जीउने प्रेरणा, बात गुनको थियो!

हेलाँभए ऐना चर्किए आँफै, दोष फ्रेमलाई दिएँ
जाने औषधि नजाने जहर,त्यो गुण चूनको थियो!                                           
थाहा भएन परिभाषा, जीवन अनि जिन्दगीको नै
प्रेम पनि बैध अबैध देख्ने,दृष्टिकोण घुनको थियो!

शिखर पुगेर ओर्लनु पर्छ, गहिराईबाट उत्रनु पर्छ
सास फुकेर माथि पुर्याइएको, अहम् बलूनको थियोे !

निजी औपचारिकतामा सिमित, प्रेम बन्धकमा पर्दा
दिन जल्ने रात खल्ने,गोधुली झिस्मिसे मिलनको थियो !

पार्वती डाङ्गी 
झापा, नेपाल

गीती गजल कसूर बिनै सजायको नजीर बसेछ

रित्तै आभाशहरु भीडमा पनि मेरा
सुस्तै आवाजहरु जीतमा पनि मेरा !!

निल्दैछ एकान्कीले खोक्रो बनाउदै 
उस्तै आकाशहरु रीतमा पनि मेरा !!

धोकाधडीले डेरा जमाए पछी झनै
लुक्दै विश्वाशहरु मीतमा पनि मेरा !!

कहिले भाब त कहिले मोह'भङ्गमा
मिच्दै अन्दाजहरु गीतमा पनि मेरा !!

कसूर बिनै सजायको नजीर बसेछ
झुक्दै मीठासहरु प्रितमा पनि मेरा !!

Friday, December 20, 2019

अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !!

नजिक सम्झिएकाहरु, टाढा हुँदै गए
र अन्जान सङ्गका प्रेम, गाढा हुँदै गए !!

उर्लेको बैंश, र खहरे उस्तै त भन्छन्
तर ढल्केको जवानी, तगडा हुँदै गए !!
 
बुझि नसक्नु रहेछ, ती रहस्य नै रहस्य
बिहानीको प्रित, साँझमा झगडा हुँदै गए !!

शायद भूलपनि भए होलान्,पक्कै तब
जब ईशारा नै हाम्रा, छाडा हुँदै गए !!

घोच्न थाले, कोमल कालिनहरुले पनि 
अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !! 

Thursday, December 12, 2019

गीत

रुने छैन छोडि जाने उनलाई सम्झिएर
बादलुले छेकेका ती जूनलाई सम्झिएर !!

टल्किएकाले धोका दिए आज जिन्दगीमा
ढुङ्गो निक्ल्यो कसी लाउँदा सुनलाई सम्झिएर!!

रुने छैन छोडि जाने उनलाई सम्झिएर !!

छोटो यात्रा साथ पाएं हांसी खुशी कट्यो
संङ्ग संङ्गै कसिएका ति धुनलाई सम्झिएर !!

छायाले त साथ छोड्छ रे  तिमी पर्यौ मान्छे
प्रेम पत्रमा पोतिएका खुनलाई सम्झिएर !!

बादलुले छेकेका जूनलाई सम्झिएर !!

गित


आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ ।।

तिम्रै नाउँमा यो जिन्दगी बकपत्र दिएं
बिश्वाशघात नै मेरो लागि जुटाएर गयौ ।।

सपनाको घर भरोशाको जग बन्दैगर्दा
हाम्रो थियो शिशा महल फुटाएर गयौ ।।

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ ।।


के भूल थियो मेरो मायामा खोट भए देखाउ
जिन्दगीमा जिन्दगी कै साथ टुटाएर गयौ ।। 

आखिर किन मिठो साथ छुटाएर गयौ ??


Monday, December 9, 2019

मनमा छ त माया लुकाउँछ्यौ किन

मनमा छ त माया लुकाउँछ्यौ किन
नजिक् आई नजर झुकाउँछ्यौ किन ??

दुख्छ भन्ने थाहा छ आफ्नै मन मुटु
घरि-घरी आजकल् दुखाउँछ्यौ किन ??

टिल्पिलाएको देख्छु नजरका डिलमा
बहन देउ ति आसुँ छुपाउँछ्यौ किन ??

बिस्कुनसरी सपना मनका आङ्गनीमा
पिरतीको घाममा, सुकाउँछ्यौ किन ??

मनमा छ त माया लुकाउँछ्यौ किन ??
@डायरीका पन्ना बाट

Sunday, December 8, 2019

मिल्दैन र पिउन?, कलकल ए साथी

मिल्दैन र पिउन?, कलकल ए साथी
प्यालामा छ तस्बिर, झलझल ए साथी!!

हुर्किएन जिन्दगी, जति हुर्कनु पर्ने
थोरै देउन बिन्ती, मलजल ए साथी!!

नपिय त भन्छौ, तर मन यो मान्दैन
कस्तो बस्यो जिब्रोमा, तलतल ए साथी!!

नसम्झाउ भो तिम्रा, आदर्शका बातहरु 
रुवाउने तिनै याद, पलपल ए साथी !!

नडुब्नु थियो डुबिसके, प्रेमका नदिमा
गहिराई भन्दा सकस, दलदल ए साथी !!

गजल

टाढा बाटै नमस्कार, ति शहरलाई आज 
हात् मिलाई छुराधस्ने, ति रहरलाई आज!!

मन्दिरमा त भेटिन्नन्, पन्चामृत कहाँ खोजुँ   
मिठो मानी पिउनुपर्ने, ति जहरलाई आज!!
 
छोडी आएँ घरआङ्गन, बालापन जहाँं बिते 
मात्सल्यमा जो बितेका, ति प्रहरलाई आज!!

कहिले काँडा कहिले फूल, पाइला चलिरहे 
'मित'मानें अन्जानका, ति डगरलाई आज!!

बैकल्पिक राजमार्गहरु, पछाडी नै रहेपछी 
आत्मसाथ गर्छ'आफन्त'ति बगरलाई आज!! 

Thursday, December 5, 2019

तस्बिरहरुमा

खै के भेट्छु भेट्छु मैले, उनका तस्बिरहरुमा
दाग बाहेक भेट्दिन केही, जूनका तस्बिरहरुमा

बिरासीला लाग्छन् हिजोआज, सुगम सङ्गित पनि
उनका मुहार मात्रै आउंछन्, धुनका तस्बिरहरुमा

मौनतामा मुस्कुराएको हुन्छ, त्यो दर्पणपनि आज
रङ्ग उँडेकै हुन्छन् हिरामोती, सुनका तस्बिरहरुमा

Wednesday, December 4, 2019

kuro


नचाहेर नै आउन थाले हिजोका ति यादहरु
कतै मिठा कतै तिता मिलनका ति रातहरु

सम्झेर नै काउकुती के'के भए त्यही बेला
गुन्जिदै छन् आज अस्तिका ति सम्बादहरु

मदहोशीका ईशारामा बेहोशीका पाइला मेरा
कसैगरी रोकिएनन् ती जवानीका उन्मादहरु

न रोक्यो दुरीले न त रोके बन्धनहरुले नै
स्विकार्नेछौं मिली दुनियाँका तिखा बातहरु 

हर गल्ती स्विकारीए बत्ती निभ्दा अन्धेरिमा
किनफेरी आफ्नै लाग्छन् जवानीका बर्बादहरु 

उन्मादहरु

खै यी कस्ता उन्मादहरु
मनका कुनाकुना बाट
निस्फिक्री शुस्केराहरुमा
एकान्किका शुशेलीहरुमा
एक फरक अनुभुती अनि आभास सँगै
फुरुङ्ग छ आकाशे चङ्गा जस्तै
यो मन आज ।।
सम्हालिदा सम्हालिदै पनि
बेहोशीमा दौडिएका पाइलाहरु
बेजोड हुत्तिरहेका हुन्छन्
भावनाका छालहरु
चाहनाका किनार सम्म ।।
केही यौवनका मिठा चाहहरु सायद
अनि छातीका असहज डाहहरु सायद
सायद अन्जान शहरमा छोडेर आएका यादहरु
सायद जोवनका रहरमा छोडेर आएका यादहरु
चाहे बहानामा हुन् या चाहनामा
स्पर्श सहित या बिना स्पर्श नै
यी/ति सबै सम्झनाका तरेलीहरुमा
मन मुटु हुँदै चिप्लेटी खेल्दै छन्
यी अनौठा उन्मादहरुमा आज। 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...