Sunday, December 8, 2019

मिल्दैन र पिउन?, कलकल ए साथी

मिल्दैन र पिउन?, कलकल ए साथी
प्यालामा छ तस्बिर, झलझल ए साथी!!

हुर्किएन जिन्दगी, जति हुर्कनु पर्ने
थोरै देउन बिन्ती, मलजल ए साथी!!

नपिय त भन्छौ, तर मन यो मान्दैन
कस्तो बस्यो जिब्रोमा, तलतल ए साथी!!

नसम्झाउ भो तिम्रा, आदर्शका बातहरु 
रुवाउने तिनै याद, पलपल ए साथी !!

नडुब्नु थियो डुबिसके, प्रेमका नदिमा
गहिराई भन्दा सकस, दलदल ए साथी !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...