Friday, December 20, 2019

अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !!

नजिक सम्झिएकाहरु, टाढा हुँदै गए
र अन्जान सङ्गका प्रेम, गाढा हुँदै गए !!

उर्लेको बैंश, र खहरे उस्तै त भन्छन्
तर ढल्केको जवानी, तगडा हुँदै गए !!
 
बुझि नसक्नु रहेछ, ती रहस्य नै रहस्य
बिहानीको प्रित, साँझमा झगडा हुँदै गए !!

शायद भूलपनि भए होलान्,पक्कै तब
जब ईशारा नै हाम्रा, छाडा हुँदै गए !!

घोच्न थाले, कोमल कालिनहरुले पनि 
अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !! 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...