Saturday, December 28, 2019

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",

आज म मेरो आफ्नै अन्तरमनमा
एउटा कविता खोज्दैछु
कविताका इलिमेन्ट्स खोज्दैछु
थोरै कन्टेन्ट्स खोज्दैछु
केही सेन्टिमेन्ट्स खोज्दैछु
वास्तवमा एउटा पूर्णत कविता खोज्दैछु।
अन्तरघातका कविता लेखिए
विश्वाशघातका कविता लेखिए
आखिर के नै लेखिन बाँकी छन् र?
कविताहरुमा
राजनीति बेथितीका लेखिए
इतिहाँसका उपहास लेखिए
चाँदनी र दोधाराका गीत लेखिए
बलात्‍कृत निर्मलाका पनि त कविता लेखिए
तर खै न्यायका कविताहरु?
कृष्णप्रसाद अनि गोबिन्द के सीका पनि त लेखिए
कविताहरु तर खै
खै अन्याय माथि न्यायका बिजयका कविताहरु?
र पनि म भित्रको शुक्ष्म कवि आज
आँफै भित्र कविता खोज्दैछ
जुन कविताहरु
अनन्त अनन्त सम्म लेखिएका छैनन् ।।
न् कार्ल मार्क्सले लेखे
न शेक्स्पियर ले नै
न् निकोलाई ले लेखे
न गोर्किले नै ।।
कर्णाली नपुग्दै कैयौं तेल नुनका बोराहरु हराए
खेल्दैगरेका आङ्गनबाट आमाका छोराहरु हराए 
आखिर के हराएनन् र यहाँ?
सिमानाबाट जङ्गे हराए
शिन्हदरबार बाट जमिन हराए
लुम्बिनीबाट पात सहित पिपलका बोट हराए
लेकका खर्कहरुबाट भेँडी र गाई गोठ हराए ।।
यथार्थमा लाखौं कविता हराए
त्यसैले त आज म कविता खोज्दैछु
शसक्त कविताहरु
कि ति कविताहरुले
सामन्तबादका जरा उखेलिउन्
सामन्तीका महल हल्लिउन
हल्लिउन् दुस्ट छिमेकीका
अहमताहरुका पर्खाल नै
कुदृष्‍टिहरुमा फूलो पारुन।।
भन्छन् रबी नपुगेको ठाउँमा कवि पुग्छन्
तर खै लेखनाथ, भानु, मोती , समले
पाइला टेकेका भूमिमा रबी ??
खै भिमनिधीले शिलन्यास गरेका सिमानाहरु
खै देबकोटाले कोरेका कविताहरु
आखिर किन अबमुल्यन भैरहेका छन्
तिनै कविताहरु
जो शसक्त थिए।
अझै म म भित्रको कविता खोज्दैछु
जो तपाईं सङ्ग छ
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",
जय कविता जय कवि
राष्ट्रका कविहरुको सम्मान गरौं
कविताहरुको सम्मान गरौं ।।
---------------------------
प्रेमप्रकाश पौडेल
रामपुर चितवन ।।


     

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...