Friday, November 17, 2017

हल्लिएर हेरें मैले !!

समयको बदलाब सँगै, बद्लिएर हेरें मैले
मैनजस्तै यो अँध्यारोमा, पग्लिएर हेरें मैले!!

न यो दुनियाँ बद्लियो, न उज्यालो नै भेटें
मानबताको मूल्य खोज्न, अग्लिएर हेरें मैले !!

जगै छैन विश्वाशका, कमजोर यो धरातलमा
धमिलोदेखि भाग्दै-भाग्दै, सङ्लिएर हेरें मैले!!

भेटिन ति रङ्गहरु, इन्द्रेणीलाई अङ्गालेको थिएं
पस्चातापका यिनै रङ्गहरुमा, रङ्गिएर हेरें मैले !!

'होश' के हो थाहा छैन, नशा नछोए पनि
'बेहोसी' छस तँ भन्छन्, हल्लिएर हेरें मैले !! 

१ मङ्गसिर,२०७४ 
शुक्रबार 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...