Friday, November 17, 2017

गजल

यादमा बाँचेर त हेर, साथ बिर्सन्छौ
तस्बिर हेरेर नै तिमी, रात बिर्सन्छौ

सजिलो नहोलान्, ति केहि पलहरु
अँध्यारोमा समाएका, हात बिर्सन्छौ

तारामा दुनियाँ, जूनमा त्यो अनुहार
साँझमा पिएको जति, मात बिर्सन्छौ

सम्झनामा हाँस, कल्पनामा मुस्कुराउ
बिपनामा भै गरेका, बात बिर्सन्छौ

एकांकी पन तिम्रो,, गजल कोर्न थाल
दिएका छन् भने कसैले, घात बिर्सन्छौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...