Friday, November 17, 2017

गजल

कसको के दोश, जाली भो संसार
उज्यालो भित्रको काली भो संसार।।

भन्नेले त सबथोक छ, भन्छन्न यहाँ
यथार्थमा खोज्दा, खाली भो संसार।।

मन्दिर छ मस्जिद, अनि गिर्जाघर
पापले भरिएको, नाली भो संसार।।

उ होइन म, माथि पुग्ने होडमा आज
फेद्द्मा भान्चिएको डाली भो संसार।।

जिउन जानिएन खै दुनियाँको तालमा
त्यसैले ए लौन बन्धु, गाली भो संसार।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...