Friday, November 17, 2017

गजल

आफ्नै मलामी,, गनेर मर्ने रहर छ
मर्दैछु आफन्ती, भनेर मर्ने रहर छ ।।

अस्तित्व मेटिने, चिन्ता टट्कारै
बर पिपल झैं,, सरेर मर्ने रहर छ ।।

उचाइँले पोल्छ, गहिराईको डर
त्यो उचाईंबाट, झरेर मर्ने रहर छ ।।

भागेको छैन म अझै, समस्या देखि
तिनै भबसागरहरु, तरेर मर्ने रहर छ।।

गुमनाम भो 'आफन्त,' भन्नेहरु माझ
केहि न केहि त, गरेर मर्ने रहर छ।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...