Monday, July 27, 2020

भन! त्यो भुल थियो, या सहि थियो

भन! त्यो भुल थियो, या सहि थियो
जहाँ तिम्ले छोड्यौ, मन वहीं थियो !!
       
मौषमले आफ्नो धर्म छोडेन कहिल्यै               
खोज्दैछु त्यही मन त्यहिं कहीं थियोे !!

धमलिएका तस्बिर, उस्तै ती यादहरु 
कस्सो भेटें पूरानो, खाता बही थियो !!

नितान्त एक्लो पाएं, स्‍मृतिमा झझल्को
खै मेटिएनन् पदचाप, जहिं तहीं थियो  !!

नदुखेको मात्र, बल्झिए आखिर किन 
खाटा पनि उप्किए, घाऊ उही थियो !!

Saturday, July 25, 2020

गजल - देखिन्थे ति नयनका, राग प्रसस्तै

देखिन्थे ति नयनका, राग प्रसस्तै
नबोले पनि अधरका, माग प्रसस्तै !!

जति उँड्यो धुँवा, जवानीको भन्थे
सोहोर्न नमिल्ने सब, खाग प्रसस्तै !! 

अङ्गअङ्गमा उमङ्ग, साँझपर्‍यो दङ्ग 
रात त थिए सितल, आग प्रसस्तै !!

सिमा थिए न बन्धन, खुलमखुल्ला   
लडिबुडी खेलने त्यो, बाग प्रसस्तै !!

उज्यालो हुँदैथियो, बत्ती निभे झ्याप्प
त्यहाँ तन्ना फेरिए पक्कै, दाग प्रसस्तै !!

pic by BK Thapa 

Thursday, July 23, 2020

गजल - कालाकोटेहरुले

खै! यो कस्तो नजिर, बसाल्दैछन् कालाकोटेहरुले
ए हो हजुर् पाप पो, पखाल्दैछन् कालाकोटेहरुले  ??

देख्यौं हुकुमी शाषन्, 'बेताज बादशाह'हरुको 
कतै नेपथ्यमा आँसु,, खसाल्दैछन् कालाकोटेहरुले  ।।

के साँच्चै अन्धा छन् र? ती लिखित कानुन 
कि पूरानै दाउपेच, खकाल्दैछन् कालाकोटेहरुले  ??

लोभमा फसे या, च्यातिए ऐनका ठेलिहरु यहाँ
बाझिएका तर्कैतर्क, पसाल्दैछन् कालाकोटेहरुले ।।

हैन आज फेरी, के सुन्दैछ यो "आफन्तले" ?? 
अपराधी नै बाहिर, धकाल्दैछन् कालाकोटेहरुले ।। 

Tuesday, July 21, 2020

बाल प्रेमका गजल

त्यो प्रेम जहाँं पोल्टोका, खाजा बांडिन्थे
तिमी सनाई म झ्याली,, बाजा बांडिन्थे !!

अहिलेको जस्तो, कहाँं हुन्थ्यो र हजुर?
बिहानीमा फक्रेका फूल्, ताजा बांडिन्थे  !!

अमुक प्रितका कहानी, ती तोते बोलीमा 
माटाका दरबारमा रानी, राजा बांडिन्थे !!

Sunday, July 19, 2020

घरकै कालीले सानु


हत्केलाका मेहन्दी, ओठका लालीले सानु
गजल कोरुँलाग्यो, नयनका कालीले सानु !!
 
नाडीका रङ्गीन चुरा, निधारको रातो टिका
मन्त्रमुग्ध् नै बनायो, कानका बालीले सानु !!

टिपेर गूलाब बगानको, बाटो छेकुँ है तिम्रो
दुख्दैन मन कहिल्यै, मालीको गालीले सानु !!

खुला भिजेको कपाल, हरियो कुर्तामा देखियौ 
मोहनी पो लगायो, काखको डालीले सानु !!

ए बुढा! उठ्नुस् न भन्या, उज्यालो भै सक्यो
देख्दैथिएं सपना ब्युँझाई,घरकै कालीले सानु !!


गजल जिउँदो रहनकालागि साँच्चै, बहाना चाहिने भो

बसाइँ सर भन्छ समयले, रमाना चाहिने भो
भन्नुस् न के फेरी पुरानै, जमाना चाहिने भो ।।

गुम'सुम गुम'सुम मन, बिछोडका गजल
गाउने कोही त भेटिए, तराना चाहिने भो ।।

मिथ्या लाग्छन्, माया'प्रितीका ती कहानीहरु
आखिर के माया लगाउन, घराना चाहिने भो ।। 

मृत्‍युले सधैं जिस्काउंछ, मलाई हिजोआज उसै
जिउँदो रहनकालागि साँच्चै, बहाना चाहिने भो ।।

जिन्दगीका चाहना कहाँं, कस्का पो पुरा भए र
भन्दैछ यो 'आफन्त' किन? खजाना चाहिने भो ।। 

Thursday, July 9, 2020

के भन्नु खै बाउआमा त पक्ष'पाती भेटिन्छन् !!

आँसु थाप्ने न मानो, न पाथी भेटिन्छन्
कसले सुन्छन् ब्यथा न साथी भेटिन्छन् !!

गुम्साएर राख्यो छटपटी, यो मनभित्र सधैं
छाम्दा शुल उठेका ताता, छाती भेटिन्छन् !!

मुखमा ज्युज्यु, पछाडी धारे हात उन्का
अङ्गालोमा पनि सधैं नै, घाती भेटिन्छन् !!

सकिएन रिजाउन कहिल्यै, आफन्तीहरु 
उनैका गुनासा धेरै नाना'भाती भेटिन्छन् !!

अरु को के कुरा, झुक्याए जून-घामले पनि 
के भन्नु खै बाउआमा त पक्ष'पाती भेटिन्छन् !!

Friday, July 3, 2020

गजल


आफ्नै खुट्टामा बन्चरो हान्छन्, मती बिग्रिए पछि
सुध्रन्छन् के यी नेता? भन्नुस्, कति बिग्रिए पछि

महभन्दा गुलियो सायद, रहेछ कि सत्ताको मोह
भड्खालोमा जाक्किन्छ मोटर, गती बिग्रिए पछि

रावण सकियो घमण्डले, राणा सकिए उद्धण्डले 
चिन्दैनन् आफ्नैछोरो बाआमाले अति बिग्रिए पछि

न बैद्य न डाक्टर न हकीम्, थला जो त्यो पर्‍यो 
निमन हुँदैन अब बिमारी, ओ'खती बिग्रिए पछि
 
के भनुँ आगो साछी राखी भित्राएकी नै भए पनि
बस्दिन कदापी ती श्रीमतीसङ्गै, पती बिग्रिए पछि

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...