Thursday, July 23, 2020

गजल - कालाकोटेहरुले

खै! यो कस्तो नजिर, बसाल्दैछन् कालाकोटेहरुले
ए हो हजुर् पाप पो, पखाल्दैछन् कालाकोटेहरुले  ??

देख्यौं हुकुमी शाषन्, 'बेताज बादशाह'हरुको 
कतै नेपथ्यमा आँसु,, खसाल्दैछन् कालाकोटेहरुले  ।।

के साँच्चै अन्धा छन् र? ती लिखित कानुन 
कि पूरानै दाउपेच, खकाल्दैछन् कालाकोटेहरुले  ??

लोभमा फसे या, च्यातिए ऐनका ठेलिहरु यहाँ
बाझिएका तर्कैतर्क, पसाल्दैछन् कालाकोटेहरुले ।।

हैन आज फेरी, के सुन्दैछ यो "आफन्तले" ?? 
अपराधी नै बाहिर, धकाल्दैछन् कालाकोटेहरुले ।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...