Thursday, July 9, 2020

के भन्नु खै बाउआमा त पक्ष'पाती भेटिन्छन् !!

आँसु थाप्ने न मानो, न पाथी भेटिन्छन्
कसले सुन्छन् ब्यथा न साथी भेटिन्छन् !!

गुम्साएर राख्यो छटपटी, यो मनभित्र सधैं
छाम्दा शुल उठेका ताता, छाती भेटिन्छन् !!

मुखमा ज्युज्यु, पछाडी धारे हात उन्का
अङ्गालोमा पनि सधैं नै, घाती भेटिन्छन् !!

सकिएन रिजाउन कहिल्यै, आफन्तीहरु 
उनैका गुनासा धेरै नाना'भाती भेटिन्छन् !!

अरु को के कुरा, झुक्याए जून-घामले पनि 
के भन्नु खै बाउआमा त पक्ष'पाती भेटिन्छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...