Sunday, July 19, 2020

घरकै कालीले सानु


हत्केलाका मेहन्दी, ओठका लालीले सानु
गजल कोरुँलाग्यो, नयनका कालीले सानु !!
 
नाडीका रङ्गीन चुरा, निधारको रातो टिका
मन्त्रमुग्ध् नै बनायो, कानका बालीले सानु !!

टिपेर गूलाब बगानको, बाटो छेकुँ है तिम्रो
दुख्दैन मन कहिल्यै, मालीको गालीले सानु !!

खुला भिजेको कपाल, हरियो कुर्तामा देखियौ 
मोहनी पो लगायो, काखको डालीले सानु !!

ए बुढा! उठ्नुस् न भन्या, उज्यालो भै सक्यो
देख्दैथिएं सपना ब्युँझाई,घरकै कालीले सानु !!


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...