Monday, July 27, 2020

भन! त्यो भुल थियो, या सहि थियो

भन! त्यो भुल थियो, या सहि थियो
जहाँ तिम्ले छोड्यौ, मन वहीं थियो !!
       
मौषमले आफ्नो धर्म छोडेन कहिल्यै               
खोज्दैछु त्यही मन त्यहिं कहीं थियोे !!

धमलिएका तस्बिर, उस्तै ती यादहरु 
कस्सो भेटें पूरानो, खाता बही थियो !!

नितान्त एक्लो पाएं, स्‍मृतिमा झझल्को
खै मेटिएनन् पदचाप, जहिं तहीं थियो  !!

नदुखेको मात्र, बल्झिए आखिर किन 
खाटा पनि उप्किए, घाऊ उही थियो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...