Saturday, August 1, 2020

भन्छन्, जिन्दगी नबुझिने बातहरुको सङ्गालो हो रे

जून ताराले सजाएका, यी रात पनि एकान्त हुन्छन
निन्द्रा बिगार्ने नमिठा,, सपना झनै आक्रान्त हुन्छन् 

भन्छन्, जिन्दगी नबुझिने बातहरुको सङ्गालो हो रे 
थाहा छैन किन, हर कहानी यहाँ बियोगान्त हुन्छन् 

न छातीमा कुनै घाऊ, न मुटुमा केहीपिडा र पनि     
त्यसै त्यसै हिजोआज, ढुक'ढुकीहरु अशान्त हुन्छन्

सोध्न सक्दिन म, केही गल्ती नै पो भए कि हिजो 
हो हो, उनी सङ्गका हरेक पलहरु नितान्त हुन्छन्

बुझ्दैन यो आफन्त, किन लेखिए वाहवाहका लागि 
आखिर किन प्रेम नै, यो दुनियाँमा प्रयोगान्त हुन्छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...