Thursday, August 6, 2020

छनि छ न त सरकार, राजधानीमा छ

 

छनि छ न त सरकार, राजधानीमा छ
देख्नुहुन् स्वत सरकार, मानहानीमा छ।। 
 
कसले उठाउने, खिलापमा औंला यहाँ 
होनि यो हाम्रो सरकार, मनोमानीमा छ।। 

प्रबेश आज्ञाको ठप्पा, सजिलै दिन्छन्
पक्को मजबुत् सरकार, राहदानीमा छ।। 

बस्तिमा पुग्दैन चामल, न ओखती मुलो  
दसैंंदसैंं पो भो सरकार, राजखानीमा छ।।   

ढल्दैन अहिल्यै, टेका बलिया 'सरकारका'
हो दुई तिहाईको सरकार, तामदानीमा छ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...