Friday, August 21, 2020

बनाऔं अब पिरामीड प्रेमका, उल्टो नै सहि

तिम्रा सपना सजाउने,, कति छन् थाहा छैन 
सांच्चै भनेको कम् कि, अति छन् थाहा छैन!! 

मैले त बिर्सिसकें, रातरात भर निदाउन पनि 
अनिदोका फाईदा कि, खति छन् थाहा छैन !!

तिम्रा बुझाईहरु, र मेरा अनुनय बिनयहरुको
भन'फासला' के कति, जति छन् थाहा छैन!! 

बनाऔं अब पिरामीड प्रेमका, उल्टो नै सहि    
बिचमा मौनताका कस्ता, गति छन् थाहा छैन!!

नजरले त आफ्नो बनाईसक्यो, तिमीलाई बुझ्यौ  
समर्पण छ कि चाहनामा, रती छन् थाहा छैन!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...