Monday, August 17, 2020

के मान्नु लाज अब यहाँ, सबै नाङ्गिएका मात्र छन्

कहिले कानुन, कहिले धर्मको बजार लाग्छ
यो राजधानी हो साथी, दिनहुुँ हजार लाग्छ।।

अस्ति भनेकै थिएं, कालाकोटे ब्यापारी भए 
क्याबिनेट पछि प्रवक्ता, सुन्दा सुधार लाग्छ!!

देश कंगाल बनाए, चन्डाल महाराजाहरुले नै
आखिर अभागी त,  नेपाली कै निधार लाग्छ!!

के मान्नु लाज अब यहाँ, सबै नाङ्गिएका मात्र छन् 
सितल निवास पेटिकोट, बालुवाटार ईंजार लाग्छ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...