Sunday, August 30, 2020

आखिर त्यै मनमा छुरी धसेर गयौ !!

 नजर हुँदै मनमा बास बसेर गयौ 
आखिर त्यै मनमा छुरी धसेर गयौ !!

निकै छटपट भो छाती थिचे जस्तो 
भनन बिन्ती कुन डोरी कसेर गयौ !!

घोच्नु रहेछ र पो मुटुको गहिराईमा 
हिजो सीयोमा धागो झैँ पसेर गयौ !!

टांस्सिएकि थियौ सालका खोटो झैँ 
के ले पगाल्यो कुन्नी खै खसेर गयौ !!

कोमल फूल सम्झेको थिएँ मैले तर 
फूलको जरामा बस्ने नाग डसेर गयौ!! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...