Saturday, August 22, 2020

एक फरक दृष्‍टिकोण !! blog

एक पूर्ण जिन्दगीको कहानी, चितामाथिको लाशलाई सोध्नु 
अझै सक्नुहुन्छ भने त्यही धुवाँ, समाहित आकाशलाई सोध्नु 
विद्वान, दार्सनिक, पन्डितहरुको, छन् आआफ्नै परिभाषा यहाँ 
र पनि म भन्छु अझै, जिन्दगी केहो, मुर्दाघरको विश्वाशलाई सोध्नु ।। 
----------------------------------------------------------------------

कास चितामाथीको लासले जवाफ दिन्थ्यो भने सोध्ने थिएं, कि भन जिन्दगी के हो? भनेर। कास त्यो आकाश जहाँं त्यही चिताकै धुवाँ समाहित छन् एदी उ बोल्थ्यो भने सोध्ने थिएं, कि भन जीवनको स्वाद कस्तो छ? भनेर। तर यहाँ जजसले जिन्दगी भोगे ति सब निर्जिव भैसकेका छन्। कसरी विश्वाश गर्ने ति जिवित विद्वान, दार्शनिकहरुको लिखित जीवन र जिन्दगी प्रतिका दस्तावेजहरु? जिवितहरुले कसरी गर्न सक्लान् र खै,एकपूर्ण जिन्दगीको अनुभवहरु यहाँ। हो त्यसैले त हिजोआज जीवन या जिन्दगीका बारेमा केहीबुझ्न मन हुँदा आर्यघाटहरुमा रुमलिन मनलाग्छ। कतै ति धुवाँहरुमा केही ज्ञान भेटिन्छन् कि भनेर। कतै आधा डढेका मुढाहरुमा केही लेखिएका पो छन् कि भनेर। न कतै बागमतिमा बगाईएका खरानीका कणहरुमा जीवनकै परिभाषा भेटिन्छन् कि भनेर। न मलामिले बुझे जसले मुर्दालाई घाट सम्म पुर्याएर एक्लै फर्किए। कति सजिलै भनिदिन्छन् भन्नेहरु भन्न् त, कि जिन्दगी यो हो, त्यो हो भनेर। लोभ, डाह, इर्ष्या, रिष के हुन् के के ले थिचिएर थिलोथिलो भएको जिवित जिन्दगी जब लाश बन्छ अनि आश लाग्छ कि उसले पूर्णता पायो भनेर।    

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...