Saturday, August 22, 2020

कसम तिम्रो नै हुँं भन्थ्यो, बाटो भुलेछ क्यार


कसम तिम्रो नै हुँं भन्थ्यो, बाटो भुलेछ क्यार 
हिंड्नै छोड्यो यो बाटो, अन्त्यै फूलेछ क्यार !!
own click 2020

तिमी फूल म भँवरा, तिमी भँवरा म फूल भन्थ्यो 
कस्तो नशा पिएछ मोरोले, एक्लै झुलेछ क्यार !!

आउ घुमौं एकअर्काको हात समाई, सपना देखायो 
यादमा पनि आउंदैन काले, टाढै डुलेछ क्यारे  !!

खुला आकाश देखायो, जूनताराका सपना थुप्रै 
साँघुरिए रात अनि सपना, कतै खुलेछ क्यार !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...