Saturday, August 22, 2020

आफ्नै दुर्दशाको अनुभुति छैन, यो 'आफन्त' सङ्ग

 पानी छर्किंदै साथी बोल्छ, कि आज म मुर्छित छु रे 
किन फेरी अखबार लेख्छ, कि आज म चर्चित छु रे 

होश मै हुन्छु सदा, कदमहरु लर्बराएका मात्र हुन् 
मातले पो सुटुक्क भन्छ, कि आज म घ्रिणित छु रे   

लुकाएको छु प्यास मैले, लुकाएको छु, भोकहरु 
तैपनि अधरहरु बोल्दैछन्, कि आज म तृषित छु रे  

नढाँट ए दुनियाँ सधैं, थोरै समाज मैलेपनि पढेको छु 
मलाई एेनाले देखाउँछ, कि आज म लज्जित छु रे  

आफ्नै दुर्दशाको अनुभुति छैन, यो 'आफन्त' सङ्ग 
पराईले सुनाउँदै छन्, कि आज म 'दुखित' छु रे 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...