
मनका मन्दिरका
ढोका खुलै राख्छु
ईशारामा आउने भए
ईशारामै डाक्छु
वल्लो डाली पल्लो डाली
चरी बनी नजिस्काउ है
एक आँखा बन्दगरी
तारो बनाइ ताक्छु !!
जवानीले नेटो काट्ला
अहिले तर्की हिंड्दा
सायद मिर्मिरे ताराहरुले बिहानी माग्दै छन्
लाग्छ फेरीपनि जमिनले कुर्वानी माग्दै छन्
सुख्खा सुख्खा थिए ती आफन्तका ओठहरु
देख्छु यहाँ गाउँका कुवाले पानी माग्दै छन्
दाउ लगाउने पो कस्ले भोजपुरे सिरुपातेमा
लिपु, टिस्टा, काङ्गडाले जवानी माग्दै छन्
नसल्बलाएका कहाँहुन् र कबिका कलमहरु
ईतिहाँस-बिदहरु सुनौला कहानी माग्दै छन्
---------
हर साँझहरु रङ्गिन अनि रात मातमा कट्छन्
त्यसैले मेरा हरेक बिहानी पश्चातापमा कट्छन्
कहिले खुशीका बहाना खोज्दै कहिले हांसोका
भुल्दिन म कहिल्यै कैयौंदिन बर्बादमा कट्छन्
जिन्दगी कट्दैछ झुटका दबाईहरुको बजारमा
कहिलेकाहीँ उसै भट्टिहरुका बिबादमा कट्छन्
--------------
के भयो हटी नजरबाट, दिलमा घर बनायौ
एक घर दुई घर, भन्दा-भन्दै शहर बनायौ
मन र दिमागको केन्द्रमा, राजधानी घोषणा
छाती प्रयोगशाला बनाई, मिठा जहर बनायौ ।।
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
Tuesday, August 11, 2020
song req edit more
Subscribe to:
Post Comments (Atom)
आखिर मौनता नै सडकमा बिगुल भए
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...
-
के छन् तिम्रा ओठ'भित्र, चुस्ने मन छ चुस्दा'चुस्दै अझै भित्रभित्रै, घुस्ने मन छ!! कामुक लाग्ने तिम्रा, मिठा सुस्केराहरु मुखमा ...
-
नलजाई भन आज ति, तिम्रा रहर चुमीदिन्छु गूलाबी ओठका तिखा मिठा, लहर चुमीदिन्छु !! प्यास बड्यो छटपटी बड्यो, नदी देखाई देउ नदी मात्रै किन ज...
No comments:
Post a Comment