Sunday, August 9, 2020

गजल : नभै पनि नहुने यी, मातका सहाराहरु

नभै पनि नहुने यी, मातका सहाराहरु 
झुटा नै सहि मिठा, बातका सहाराहरु!!
 
भन्छन् फोहोर पानीले, आगो निभाउंछ 
कतै न कतै अझैछन्, घातका सहाराहरु!!


चोट पिडा घातहरु, साथी बनायो छातीले 
सहन सक्नेभो अब बज्र'पातका सहाराहरु!! 

भेटिन्नन् आजभोलि, हिजोअस्तिका सखी 
कहाँ पुगे होलान् है? रातका सहाराहरु !!

च्यातिए प्रेमपत्र उसै, तकिया बनेका थिए 
उबेलामा उसैका पनि, खातका सहाराहरु!! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...