Saturday, August 1, 2020

पठाउ प्रिया तिम्रो तस्बिर, गजल लेख्नेछु

पठाउ प्रिया तिम्रो तस्बिर, गजल लेख्नेछु  
तिमीले नै बुझ्ने गरी अती, सरल लेख्नेछु !!

बिझाउँदैनन् शब्दहरुले, सृङ्गारीक रसमा 
बग्नेछन् हरेक शेरका भाव, तरल लेख्नेछु !!

लगायौ होला मेहन्दी हिजो, मेरै नाममा 
खराब पटक्कै हैन सानु, असल लेख्नेछु !!

न बिउ काड्न आयौ, न रोपार बनेर नै 
साउन पनि सकिनै लाग्यो, फसल लेख्नेछु !!

छाप्नेछु किताब गजलको, तिम्रै नाम राखी 
घर सामुन्ने देखिनेगरी पुस्तक-पसल लेख्नेछु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...