Thursday, August 6, 2020

गाईजात्रा बिशेष

तँ भन्दा म पनि के कम, आईज जुधौँ साथी
जसले सक्छ उसले खान्छ, आईज कुदौं साथी!!

पालै पालो खाम्ला भनि, ढाई बर्ष नि बिताईस
त्यस्रो पार्टी निस्क्यो त्यस्लाई,आईज कुटौं साथी!!

तेरो भागमा मेलम्ची, मेरो भागमा सुकुम्बासी
अहिलेलाई मन बुझाउँदै, आईज लुटौं साथी !!

कहिले शिंह दरबारमा, कहिले बालुवाटारमा
हेर देखाउनलाई भएपनि, आईज जुटौं साथी !!

तेरा चल्ला तैं लैजा आईन्दा, मेरा चल्ला मै राख्छु
बिचारमा बिमती भो सल्लाहले, आईज फुटौं साथी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...