Saturday, August 29, 2020

एक फरक सैलीको फजल

 
आउसके सम्बाद नसके, बादबिबाद नै सहि 
जवानी सदुपयोग गरौं, नभए बर्बाद नै सहि !!

थाहा पायौ सानु! ढल्किसक्यो गूलाबी यौवन  
सरकार आफ्नै खुल्लेआम जिन्दाबाद नै सहि !!

'सीता'लाई त अङ्गेनामा, धकेलेका थिएनी है 
लडौंला समाजसङ्ग, कम्जोर प्रतिबाद नै सहि !!

तगारो लाग्छ, औंला उठ्लान्, राजनीति छिर्ला 
नारा लगाऔंला, साला दुनियाँ मुर्दाबाद नै सहि  !! 

जिते छँदैछ, यही दुनियाँमा शासन चलाऔँला 
हारे के भो र? सङ्गै छौं दुबै, पश्चाताप नै सहि !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...