Thursday, August 6, 2020

आखिर किन सरकारले, गरीब खेद्यो बरै



आखिर किन सरकारले, गरीब खेद्यो बरै 

केन्द्र तिर गरीबको, सरकार बन्यो भन्थे  
ब्युँझायो त्यै गरिबी, झुपडीमा राँको झोसी, 

यही हो र साम्यवाद? यही हो की गणतन्त्र 
सरकार कम्निस्टको? बसीआको बास खोसी, 

आखिर किन सरकारले, गरीब खेद्यो बरै 

चामल छैन सामल छैन,पोकापुन्तर बोकी 
कती धाउने बर्दिया र कती धाउने कोशी?

आखिर किन सरकारले, गरीब खेद्यो बरै 

च्यातिएकी तिम्रा झन्डा, बिर्सियौ कि नारा 
अझै पोस्छस सामन्ती नै, गरीबलाई सोशी 

आखिर किन सरकारले, गरीब खेद्यो बरै 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...