Friday, July 3, 2020

गजल


आफ्नै खुट्टामा बन्चरो हान्छन्, मती बिग्रिए पछि
सुध्रन्छन् के यी नेता? भन्नुस्, कति बिग्रिए पछि

महभन्दा गुलियो सायद, रहेछ कि सत्ताको मोह
भड्खालोमा जाक्किन्छ मोटर, गती बिग्रिए पछि

रावण सकियो घमण्डले, राणा सकिए उद्धण्डले 
चिन्दैनन् आफ्नैछोरो बाआमाले अति बिग्रिए पछि

न बैद्य न डाक्टर न हकीम्, थला जो त्यो पर्‍यो 
निमन हुँदैन अब बिमारी, ओ'खती बिग्रिए पछि
 
के भनुँ आगो साछी राखी भित्राएकी नै भए पनि
बस्दिन कदापी ती श्रीमतीसङ्गै, पती बिग्रिए पछि

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...