Friday, December 20, 2013

म सुकुम्बासी

खुला आकाश छानो मेरो, भो दरबार चाहिएन
सुकुम्बासी भएं आखिर म भो घरबार चाहिएन

यसै परदेशी उसै परदेशी,परदेशमै बित्ला जीवन
लाल-पुर्जा नापी-शाखाको, भो कारोबार चाहिएन

भनीहालें परदेशको सुकुम्बासी, अरु के भनौं र
इस्ट मित्र नातागोता सँगको,भो बेबार चाहिएन

को आफ्नो को आफन्त,मतलबी यो दुनियाँमा
बोली-बचन गोली सरह , भो तरबार चहिएन

गरीखाउला चाहे मागी खाउला,नभए मरिजाउला
बिन्दास भएछु आज,स्वदेशको भो खबर चहिएन

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...