Sunday, December 22, 2013

मैले भनेर हुने भए

मैले भनेर हुने, भए यो शहर तिम्रै हो 
बहुमत तिम्रै पक्षमा यो लहर तिम्रै हो 

मैले त के भनुं खै एक्लो बाच्ने मान्छे 
माहोल छ मायाको, यो रहर तिम्रै हो

मैले दिएर हुने भए,लैजाउ सारा सृस्‍टिहरु
अल्पमतमा छ दुनियाँ, यो प्रहर तिम्रै हो 

अझै के माग्दैछ्यौ के पुगेन र तिमीलाई
धाँदली भा´को छैन, यो सगर तिम्रै हो

सागर नदी घाम जुन, भन अरु के दिउ
संसोधन पर्दैन कानुनको यो बगर तिम्रै हो

०८:२५ बिहान
१२।१५।१३
स्पेन

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...