Tuesday, December 24, 2013

अक्षर अनि शब्द,



अक्षर अनि  शब्द,
शब्द अनि भाब भाब सङ्गै मितेरी लगाउन खोज्दा
निकै गहिराई मा म पुगेछु।
जहाँ मनका अघोसित युद्दहरु छेडिएछन,
अप्रस्फुटित भावनाहरु, हृदयमा गुम्सिएका
अनगिन्ती चाहनाहरु पोखिएछन
त्यसैले केही हलुङो अनुभब भएको छ
आजकाल मलाई।
चाहना नभएको त होइन मलाई
तर कहिले के कहिले के
नढाटी भन्नु पर्दा
सिमित समाजका असिमित बन्धनहरु
पार गर्न निकै अप्ठेरो हुदोरहेछ।

कापी कलम अनि कागज
कबिता कोर्न खोज्दा
समाजको तितो यथार्थ छरपस्ट छरिएछन
बिस्कुन सरि छरिएका आवाजहरुलाई
स्वछन्दताले दबाइेएका मुट्ठिहरुलाई
उचाल्न खोज्दा प्रफुल्ल छ
यो मन आजकल।
असफलता सँग मितेरी लगाएका
सफल तर हार खाएका उम्मेदवारहरुको
केहि सहानुभुतिको आशामा
उनैका थोरै अनुभुतीहरु
धमिलिएका मसिहरुले कोर्न खोज्दा
नजानिदो सकुन मिल्न
थालेका छन। 

म कबि होइन र त्यसैले 
मेरा लेखिएका शब्दहरु कबिता होइन
जहाँ यथार्थ छन
जहाँ सपना छन
त्यो कबिता हुन सक्दैन

माया,चोट धोकाधडिहरुको माझ
आफ्नै अबमुल्यन हुँदा
कस्को कलम चल्दैन र?
माया,चोट धोकाधडिहरुको माझ
आफ्नै अबमुल्यन हुँदा
कस्को कलम चल्दैन र?

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...