Saturday, December 21, 2013

गजल: जहर मिलेनन


गजल: जहर मिलेनन 

लेख्न खोजें गजल तर बहर मिलेनेन 
लाउन खोजें प्रित हजुर रहर मिलेनन 

पछी लागें धेरैबर्ष उन्ले वास्ता नगर्दा
पछी परें म त हजुर,नजर मिलेनन

दिलै खोली निम्ता दिदा फर्की नहेर्ने
बुझ्नै गार्हो मलाई हजुर कशर मिलेनेन

बसाईं संगै डेरा पनि उन्कैलागि सरें
देश त मिल्यो हजुर शहर मिलेनन

हारै खाएं पिरतिमा ज्यानै दिन खोज्दा
संसारमा मैले पिउने हजुर जहर मिलेनन

डिसेम्बर २०, २०१३
०७:३५ बेलुका

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...