Saturday, December 21, 2013

गजल जमघटमा


गजल जमघटमा

जुगै भयो नबसेको    साथी-भाइको जमघटमा
जाउँकी आज जस्तोलाग्छ, साँझपख जमघटमा
 
छिर्नै हुन्न खाता खोली   तेर्साउछिन साहुनिले
बेइज्ज भयो जस्तोलाग्छ,सबकोसामु जमघटमा

कती हिंड्नु तर्कीतर्की बोलाइहाल्छन साथीभाइले
नजाउँ कि त जस्तोलाग्छ ,मधुशाला जमघटमा

तलतल नलागेको कहाँ होर? कौडीछैन पकेटमा
ढाँटी पिउँकी जस्तोलाग्छ , आजफेरि जमघटमा

एक्लै पिउने माहोलछैन, निम्तादिन गरीब भएं
कोही आउँछकी जस्तोलाग्छ,रम्नेभैयो जमघटमा

२०।१२।१३
१०:२५ बिहान
स्पेन   

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...