Tuesday, December 24, 2013

नशा


नशा
न मायाको न मोहको खै कस्तो नशा हो यो
पिए पनि नपिए पनि खै कस्तो दशा हो यो
उनको जित न मेरो हार कस्तो पासा हो यो
गुलाम सँग हारखाने खै कस्तो बास्सा हो यो

छोए पनि मात लाग्ने खै कस्तो रात हो यो
जो सुकैले माया गर्ने खै कस्तो जात हो यो
नयाँ भन्दा पुरानो, प्यारो लाग्ने पात हो यो
जसले पिउछ उसले जित्ने अजम्बरी बात हो यो

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...