Tuesday, March 31, 2020

मौनता


अहो कस्तो मौनता !
नितान्त फरक
सुन्यतामा पनि कहर मिसिए जस्तै
अमृतमा जहर मिसिए जस्तै,
मौनता अनि कहर?
आँफै दिग्भ्रमित छ मान्छे।
हो,
यो सुन्यता
यो मौनता
मान्छे कै सृजना नै त हुन् आखिर
अनि बोझ?
बोझ सुन्यताताको
अहो कस्तो सत्यता!
खाली दिमागमा के को बोझ?
अदृष्‍य बोझ बिज्ञान समेत हैरान छ                                                   अघोषित युद्धहरु सङ्ग आज
मृत्‍युका मेला लागेका बेला
संसार नै मौनतामा छ।
संसार अनि मौनता?
हो संसार मौन छ आज ।
आवाज छैन
कोलाहल छैन 
युद्ध छ
मृत्‍यु छन्
धुवाँ पनि उंडेको छैन
तर आगो छ
ताप छ
माबतामा केही त पश्चाताप छ।।
त्यसैले त धुम्धुम्ती आज ऊ
मृत्‍यु पर्खिरहेको छ
अनि नहोस् त सुन्यता?
सायद
आफ्नै अस्तित्वले पिरलेको छ
रहल नरहला भोलि
डायनोस्वोरको अस्तीपन्जरमा
अझै बिज्ञान रुमल्लिएको बेला 
भोलि यिनै बैज्ञानीकको अभिलेख कसले राख्ला??
त्यसो भए यो मौनता किन ?
एतिधेरै बोझ बोकेको मस्तिस्कमा
यो मौनता किन ?
कहिले सम्म?
के दिन सक्थ्यो जवाफ यो दिमागले खै?
हरेक दिमागमा केबल सुन्यता मात्र छ
मात्र आफ्नो अस्तित्वको रक्षा कसरी गर्ने?
अनि हिजो सम्मका अहन्कारहरु?
थाहा छैन?
निमिट्यान्न पारिसक्यो नि
निस्पक्ष्य मृत्‍युका सूनामीहरुले।।
अहो यो कस्तो सम्बाद !
मन, मस्तिस्क र दिमाग बिच
के यो डर हो?
के यो सन्त्रास हो?
मानबियताको खडेरी बिच
बिस्फोट भएका
ज्वालामुखीहरुको ।
एक पछी अर्को सवालहरुको बोझ 
शन्कै शन्काको बोझ
र पनि
कति मौन छ है यो मान्छे??
कति कमजोर छ है मान्छे??
अहँ म मान्दै मान्दिन
कि मान्छे कमजोर छ
निकै ज्याद्रो जिब पो हो मान्छे ।

- श्रीभक्त पौडेल "आफन्त"
रामपुर चितवन
हाल स्पेन

| *  साथी लालकाजी को कलामा केन्द्रित भएर कोरिएको कविता "मौनता" 

Thursday, March 26, 2020

जिन्दगीले बाँच्न सिकायो


साच्चै भन्नुपर्दा जिन्दगीले बाँच्न सिकायो
थोरै थोरै भए पनि खुशी साँच्न सिकायो

भागम्भाग लुछाचुँडी यही भुँडीका लागि
मरूभूमीमा दाना पानी लाछ्न सिकायो

कंक्रिटका शहरमा सपनाका महल अरे
महल अनि झुपडी बिच दाँज्न सिकायो

के नै रहेछ त आखिर मरी जानु पर्दा
परिआए मृत्‍यु पनि आज भाँच्न् सिकायो

साच्चै भन्नुपर्दा जिन्दगीले बाँच्न सिकायो
थोरै थोरै भए पनि खुशी साँच्न सिकायो


         
कल्पना आचार्य पौडेल 

मृत्‍युका अपडेटहरु

मृत्‍युका अपडेटहरु
-------------
हरेक बिहान तर्सनु पर्ने,
आँफैलाई जिउंदो पाएर
एस्तो लाग्छ
एक अर्कोरात सङ्गको युद्ध जिते जस्तो
सांच्चै विश्वाश लाग्दैन
छातीको देब्रे छामु लाग्छ
आँफैलाई चिमटु लाग्छ
हिजो दिनभरीका
अनलाइन अखबारका पन्नाहरु 
आँखा सामुन्ने नाचिरहन्छन्
निदाएको त थिईन र पनि
केहि तन्द्राहरुमा
सपना जस्तै लाग्थे
तिनै मृत्‍युका अपडेटहरु 
मिडिया सुन्दा एस्तो लाग्छ
संसार मृत्‍युको होडबाजिमा छ
स्कोर माथि स्कोर थप्दै।।
भबितब्यको भब्य महलभित्र
मृत्‍युकै प्रशाद बांडिएको छ
नखानेलाई कोचाइंदै छ
के यहाँ मृत्‍युको बिकल्प नै छैनन् हिजोआज?
सायद् मरेकाहरुलाई के थाहा
जिवितहरुको बेथा झनै।
अहो कस्तो बिहान आज
खुशी भन्दा धेरै सकस जिवित हुनुमा
मनका धरोहर बिना भुइँचालो नै लडिरहेका हुन् कि झैं लाग्छ
अनि छाती बिना छुरी नै घाऊ बोकेका हुन् कि झैं लाग्छ।।
मुखै नधोई टेबलको कम्पुटर खोल्छु
नचाह्दा नचाहंदै खोतल्छु म फेरी
मृत्‍युका अपडेटहरु।
त्यो रातोघेरामा रहेका संख्यामा
अनबरत थप्पिरहेका छन् जोर संख्याहरु
केहि खुशी हो सायद
मेरो गन्ती त्यहाँ छैन।
त्रास, सन्त्रास, भय 
पक्कै आजका मितीमा
जिवित जीवनका परिभाषा।
आखिर के छन् ति मृत्‍युहरुमा
किन सोहोरिएका छन् मानब् शरीरहरु त्यहाँ
मृत्‍यु कहलिन?
म एक्लै कहाँ छु र आज
सिङ्गो शहर शिङ्गो देश सिङ्गो संसार
बेचैन छन्
शहर पसेको छ रे भन्ने मृत्‍युको खबरले।
अणुबम सङ्ग नतर्सिएको हिजो विश्व
आज कापेको छ जैविक हतियार सङ्ग।
शक्तिशाली दुनियाँ कापेको छ आज
अद्र्स्य मृत्‍यु सङ्ग?
आखिर किन अनि कहिले सम्म?

अहो कति भयाबहमा छन् जिवित मान्छेहरु   
म किन एति त्रसित छु बन्द कोठामा आज
किन कि म जिवित छु
मृत्‍युका अपडेटहरु पढ्न।।
--------
२६ मार्च, स्पेन 

श्रीभक्त पौडेल 'आफन्त'

Monday, March 23, 2020

कहिले सम्म चल्छ, यो हावा रुवाउन

विश्वमा फैलिरहेको कोरोना भाईरस मा आजसम्म ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धान्जली सहित् विश्व भाईचारामा कमी नआओस भन्दै एक गीत

कहिले सम्म चल्छ, यो हावा रुवाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन

सहनु छ केही दिन, पिडा जिन्दगीका
च्यातिनेछन् तम्सुक, खुशी बन्दकीका 
भेटिनेछन् साथहरु, ति ब्यथा सुनाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन
 
झिलमिल सितारा, त्यो जून आकाशमा
भरोशा आत्मबल मन भित्रको विश्वाशमा
उमङ्गका पिङ्गमा, सुस्ताउन झुलाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन 

हार्दैन मान्छेले यहाँ, बिज्ञानले जित्दैछ 
प्रकृती हामी को'हौं, मानबले सिक्दैछ

कहिले सम्म चल्छ, यो हावा रुवाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन

Saturday, March 21, 2020

असहज मृत्‍यु

किन डराउंछौ
ए! मान्छेहरु हो मृत्‍युसङ्ग
कहिले पो जिवित थियौ र आज सम्म?
कहिले राजनीति दस्तावेजले थिचिएर मर्यौ
कहिले सपनैसपनाका महलले किचिएर मर्यौ
अनि मर्दै थियौ
आफ्नै अहन्कारहरुको ज्वालाले पनि
किन डराउंछौ
ए! मान्छेहरु हो मृत्‍युसङ्ग
कहिले अभाबले मर्यौ कहिले दवाबले मर्यौ
झनै महङ्गीले कहिले पो जिउँदो छाड्यो र?
सिमानामा मर्यौ,
उखुबारीमा मर्यौ
तेजाब पिएर मर्यौ
कहाँ मरेका थिएनौ र हिजोसम्म?
त्रीशुलिमा मरेनौ कि
भोटे कोशीमा मरेनौ?
बेनिमा मरेनौ कि बादरमुढेमा मरेनौ
शान्तीको लागि मर्यौ
क्रान्तिको लागि मर्यौ
अनि मर्यौ सामन्तिका लागि
खाडीका तापले मर्दैछौ
कतै पश्चतापले मर्दैछौ।
कहिले सहिद बनाएर मारे
कहिले कैद बनाएर मारे
भुकम्पका धक्काहरु बिर्स्यौ?
छोडेन मार्न पराकम्पनहरुले पनि
बेरोजगार, कालाबजारी यी त नमूना मात्रै हुन्
अदृष्‍य मृत्‍युहरु सङ्ग त कति लड्यौ लड्यौ 
नुन,सिटामोल, जीवनजल नपाएर त मर्यौ
भनेपछि
मृत्‍युलाई त कति पटक पछार्यौ पछार्यौ तिमीले
बिर्सिएर मात्र हो
हर दिन मरेर बाचेका यिनै पलहरु सम्झिय त
मर्न मार्न वाध्य बनाउने तिनै दलहरु सम्झिय त
थोरै माटो र पानीले जित्न सकिने
यस् मृत्‍यु सङ्ग पटक्कै नडराउ
बस्!
अलि असहज मृत्‍युले लखेटेको मात्र हो आज 
न आत्तिए मर्दैनौ भुसुनाले ल्याएका मृत्‍युले आज।। 

के बिज्ञान हार मानेकै हो त??

अघोषित युद्ध
न बम न गोला बारुत
न जैविक अस्त्र शस्त्र
र पनि युद्धकै आभाश
सुनशान छ शहर
शुनसान छन् राजमार्गहरु
आक्रान्त छन् मान्छेहरु
मौनता भित्रका कहरहरु
शक्ति सम्पन्न मूलूक पनि त्राहित्राही छ
बिस्फोट कतै छैनन् र पनि
धुवाँ धुवाँ छ शहर
मृत्‍युका गन्धले आँखा पोलिरहेका
छन्
अन्जान छन् मृत्‍यु आँफै
एकलकाटे छ मृत्‍यु अझै
आखिर कस्तो युद्ध हो यो?
के साच्चै बिज्ञान रोएरै बस्छ त अब ?
आज जाबो आँखाले देख्न नसकिने भुसुना सङ्ग
के बिज्ञान हार मानेकै हो त??

आजफेरी जिन्दगीले आस देखायो !!

झस्किए राहदानीमा आफ्नै, नाम देखेर
झुपडीमा मक्किसकेको त्यै, थाम देखेर!!

रहर अनि सपना त, पर्यावाची रहेछन्
आत्तिन्छु म खुशी खोज्नेको, लाम देखेर!!

भेटिन्छन् पूराना यारहरु पनि, उतै'उतै
उतै रोकिन्छन् पाईला मेरा, जाम देखेर !!

सोच्दा-सोच्दै, धेरै उचाइँमा पुगेको बेला
हाम्फालुँ झैं हुन्छ 'मन' कतै, ठाम देखेर !!

खै आजफेरी जिन्दगीले, आस देखायो !!
सागरमा डुब्दै गरेको त्यो,,, घाम देखेर !!
--------------------
चैत्र ७, २०७६
सान सेबस्टियन
स्पेन

Friday, March 20, 2020

छाडा गजल

उनका तस्बिर अघि कुनै मात मात रहेनन्
भिजाएन पानीले आज बर्षात बर्षात रहेनन्।।

सम्बन्ध त नग्न नै थियो केवल दुरीमा थियौं
जेजे भए नियमीत नै भए अकस्मात् भएनन्।।

ति छाडा शब्दावलीले सदैब सिमा नै नाघ्थे
लुकाउनु लाजमान्नु पर्ने कुनैबात बात रहेनन्।।

अङ्ग अङ्गका स्पर्श चरमउत्कर्षका मज्जाहरु
उज्यालोमै हुन्थ्यौं हरपल कुनैरात रात रहेनन्।।

भन्थ्यौं सुरुसुरुमा छ्या!छि! डराउनु पर्छ है
आखिर मिचिए सिमाना बर्बाद बर्बाद रहेनन्।।

Tuesday, March 17, 2020

टिपन टापन कोरनाले बन्दी बनाएको पल



हेर सडकमा युवा, जवानी खोज्दैछन्
प्यासी असार सावन्, पानी खोज्दैछन्

हराए रे कलम, ती कवी पत्रकारका
गुगल भित्रभित्रै पो, कहानी खोज्दैछन्

झुक्किएछन् जूनतारा, आफैँमा हराएर
जूनकिरीहरु आज, बिहानी खोज्दैछन्
-----------------------------------

सपनाका के कुरा, नयनमा निद छैनन् 
नटुटुन् त सम्बन्ध, मिलनमा गीत छैनन् 
हरकोही चाहन्छन्, जिन्दगीमा खुशी मात्र
उनलाई के थाहा, जीवनमा मित छैनन्, 
लेखेर हेर साथी, आँसुका मसी बग्दा 
नभन कहिल्यै अब, पिरतीमा रित छैनन् 
बिहानीका निशामा, यी सौन्दर्यताका लाली
     
हजुरका मुस्कानमा मर्नेहरु होलान्
l love you भन्न नडर्नेहरु होलान्   
एकनजर भएपनि हेरु मन्जरीलाई 
बाटै नपर्ने ओराली झर्नेहरु होलान्


केही चाहिदैन अरु आफ्नै तक्दिर सम्झिए पुग्छ
भेटिन्छ्न् ईश्वर टाढाका मन्दिर सम्झिए पुग्छ,                 
कोरिन्छन् मनका तराना हिजोआज त्यसै त्यसै,                       
त्यसका लागि हजुरकै एक तस्बिर सम्झिए पुग्छ।।

मायाका बिछौना अनि यादका सिरानी बनाई
निदाउ प्रिया मिठा सपनी सङ्गै बिहानी बनाई
मेरा त न रात आफ्ना, न दिन आफ्ना नै भए
आफन्ती ती सबै सधैं सधैंलाई बिरानी बनाई
भेटौंला कुनैदिन बिताउंला एकान्तमा दुईपल
सुनाउनेछु यी मेरा सारा कविता कहानी बनाई

उनका रातमा, मेरा सपनी भैदिए
रोजे जस्तै यहाँ हर बिपनी भैदिए।।
निस्कन्थे नौनी बिलाउनी खारिन्थे
उनैका नेती ठेकी मेरा मदनी भैदिए।।

तिम्रा ओठ मेरा ओठ टासिएको बेला,
के के भए दुबै छाती गासिएको बेला,
जतन गरेर राखेको यौवनका ति बाग
सम्झदा झनै खुशी ति मासिएको बेला

१६ बर्षमै बिहे भयो ......चल्ला हुर्की सके

एस्तै हुन्छ घरबारे सङ्ग
दिल बसेपछी
अप्ठेरो ठाउँमा पिरतीको
खिल बसेपछी

साइलेन्ट मोडमा मोबाइल
कहिले रात पर्ला
न ठोक्न न उप्काउन मिल्ने
किल बसेपछी

१६ बर्षमै बिहे भयो
चल्ला हुर्की सके
बच्चाउने कसोरी
यो मन लौन

घर आङ्गनीमा चिल बसे पछी
--------
पाम्प्लोना फेब्रुवेरी २०२०  

दुबै तर्फ सल्किएको जवानीको माग पनि

उनले भन्छिन् तिमीले मलाई पागल बनायौ
म त् भन्छु तिमीले मलाई पागल बनायौ
थाहा छैन कसले कसलाई पागल बनायो
सुन्दरतामा कसी थप्ने कसले कालो गाजल बनायो

दोस थियो आकर्शणको समयको माग पनि
दुबै तर्फ सल्किएको जवानीको माग पनि

उनले सोध्छिन त्यो चन्द्रमामा कसले दाग बनायो
पिरतीको फूलफूल्ने नौलो नौलो बाग बनायो

जती भए अती भए थाहा छैन कति भए
सायद् हाम्रो यही चाहको रापले बादल बनायो   

उनले भन्छिन् तिमीले मलाई पागल बनायौ
म त् भन्छु तिमीले मलाई पागल बनायौ 

परैबाट उनको घरको धुरी देखेपछी

धोका दिन्न भन्नेले नै छुरी रोपेपछी
झस्किरहन्छु अझैपनि चुरी बजेपछी
घरीघरी आजपनि ब्यर्थै दुख्छ यो मन
परैबाट उनको घरको धुरी देखेपछी

त्यो नजरले यो नजरको प्रित बुझेपछी 
मज्जा आउन्छ सावनमा सङ्गै रुझेपछी
चाहिंदैन छातास्याखु अझै बर्सी बादल 
आगो बल्छ पानी भित्र आँखा जुधेपछी

शन्काको घेराभित्र अबिश्वासको घर बनाई
मुटुभित्र छु भन्नेले आकाशभन्दा पर बनाइ

धोका दिन्न भन्नेले नै छुरी रोपेपछी
झस्किरहन्छु अझैपनि चुरी बजेपछी

*

कोरोनाले बन्दी बनाएका पल

पात पातमा प्रेम पत्र

कल्पनामा घोत्लिएर लेखिएका गीत होइनन्
त्यो जवानीमा लोभिएर लगाईएका प्रित होइनन्

यादहरुका मसी भित्र सम्झनाका कलम चोबी
दु:ख पर्दा टाढा भाग्ने ति मनका मित होइनन्

पात पातमा प्रेम पत्र भावनाका कोरा कागज
धन दौलतलाई अङ्गाल्दैमा ति प्रेमका जित होइनन्

फेब्रुवरी २०२० पाम्प्लोना 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...