Monday, March 23, 2020

कहिले सम्म चल्छ, यो हावा रुवाउन

विश्वमा फैलिरहेको कोरोना भाईरस मा आजसम्म ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धान्जली सहित् विश्व भाईचारामा कमी नआओस भन्दै एक गीत

कहिले सम्म चल्छ, यो हावा रुवाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन

सहनु छ केही दिन, पिडा जिन्दगीका
च्यातिनेछन् तम्सुक, खुशी बन्दकीका 
भेटिनेछन् साथहरु, ति ब्यथा सुनाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन
 
झिलमिल सितारा, त्यो जून आकाशमा
भरोशा आत्मबल मन भित्रको विश्वाशमा
उमङ्गका पिङ्गमा, सुस्ताउन झुलाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन 

हार्दैन मान्छेले यहाँ, बिज्ञानले जित्दैछ 
प्रकृती हामी को'हौं, मानबले सिक्दैछ

कहिले सम्म चल्छ, यो हावा रुवाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...