Saturday, March 21, 2020

असहज मृत्‍यु

किन डराउंछौ
ए! मान्छेहरु हो मृत्‍युसङ्ग
कहिले पो जिवित थियौ र आज सम्म?
कहिले राजनीति दस्तावेजले थिचिएर मर्यौ
कहिले सपनैसपनाका महलले किचिएर मर्यौ
अनि मर्दै थियौ
आफ्नै अहन्कारहरुको ज्वालाले पनि
किन डराउंछौ
ए! मान्छेहरु हो मृत्‍युसङ्ग
कहिले अभाबले मर्यौ कहिले दवाबले मर्यौ
झनै महङ्गीले कहिले पो जिउँदो छाड्यो र?
सिमानामा मर्यौ,
उखुबारीमा मर्यौ
तेजाब पिएर मर्यौ
कहाँ मरेका थिएनौ र हिजोसम्म?
त्रीशुलिमा मरेनौ कि
भोटे कोशीमा मरेनौ?
बेनिमा मरेनौ कि बादरमुढेमा मरेनौ
शान्तीको लागि मर्यौ
क्रान्तिको लागि मर्यौ
अनि मर्यौ सामन्तिका लागि
खाडीका तापले मर्दैछौ
कतै पश्चतापले मर्दैछौ।
कहिले सहिद बनाएर मारे
कहिले कैद बनाएर मारे
भुकम्पका धक्काहरु बिर्स्यौ?
छोडेन मार्न पराकम्पनहरुले पनि
बेरोजगार, कालाबजारी यी त नमूना मात्रै हुन्
अदृष्‍य मृत्‍युहरु सङ्ग त कति लड्यौ लड्यौ 
नुन,सिटामोल, जीवनजल नपाएर त मर्यौ
भनेपछि
मृत्‍युलाई त कति पटक पछार्यौ पछार्यौ तिमीले
बिर्सिएर मात्र हो
हर दिन मरेर बाचेका यिनै पलहरु सम्झिय त
मर्न मार्न वाध्य बनाउने तिनै दलहरु सम्झिय त
थोरै माटो र पानीले जित्न सकिने
यस् मृत्‍यु सङ्ग पटक्कै नडराउ
बस्!
अलि असहज मृत्‍युले लखेटेको मात्र हो आज 
न आत्तिए मर्दैनौ भुसुनाले ल्याएका मृत्‍युले आज।। 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...