Tuesday, March 31, 2020

मौनता


अहो कस्तो मौनता !
नितान्त फरक
सुन्यतामा पनि कहर मिसिए जस्तै
अमृतमा जहर मिसिए जस्तै,
मौनता अनि कहर?
आँफै दिग्भ्रमित छ मान्छे।
हो,
यो सुन्यता
यो मौनता
मान्छे कै सृजना नै त हुन् आखिर
अनि बोझ?
बोझ सुन्यताताको
अहो कस्तो सत्यता!
खाली दिमागमा के को बोझ?
अदृष्‍य बोझ बिज्ञान समेत हैरान छ                                                   अघोषित युद्धहरु सङ्ग आज
मृत्‍युका मेला लागेका बेला
संसार नै मौनतामा छ।
संसार अनि मौनता?
हो संसार मौन छ आज ।
आवाज छैन
कोलाहल छैन 
युद्ध छ
मृत्‍यु छन्
धुवाँ पनि उंडेको छैन
तर आगो छ
ताप छ
माबतामा केही त पश्चाताप छ।।
त्यसैले त धुम्धुम्ती आज ऊ
मृत्‍यु पर्खिरहेको छ
अनि नहोस् त सुन्यता?
सायद
आफ्नै अस्तित्वले पिरलेको छ
रहल नरहला भोलि
डायनोस्वोरको अस्तीपन्जरमा
अझै बिज्ञान रुमल्लिएको बेला 
भोलि यिनै बैज्ञानीकको अभिलेख कसले राख्ला??
त्यसो भए यो मौनता किन ?
एतिधेरै बोझ बोकेको मस्तिस्कमा
यो मौनता किन ?
कहिले सम्म?
के दिन सक्थ्यो जवाफ यो दिमागले खै?
हरेक दिमागमा केबल सुन्यता मात्र छ
मात्र आफ्नो अस्तित्वको रक्षा कसरी गर्ने?
अनि हिजो सम्मका अहन्कारहरु?
थाहा छैन?
निमिट्यान्न पारिसक्यो नि
निस्पक्ष्य मृत्‍युका सूनामीहरुले।।
अहो यो कस्तो सम्बाद !
मन, मस्तिस्क र दिमाग बिच
के यो डर हो?
के यो सन्त्रास हो?
मानबियताको खडेरी बिच
बिस्फोट भएका
ज्वालामुखीहरुको ।
एक पछी अर्को सवालहरुको बोझ 
शन्कै शन्काको बोझ
र पनि
कति मौन छ है यो मान्छे??
कति कमजोर छ है मान्छे??
अहँ म मान्दै मान्दिन
कि मान्छे कमजोर छ
निकै ज्याद्रो जिब पो हो मान्छे ।

- श्रीभक्त पौडेल "आफन्त"
रामपुर चितवन
हाल स्पेन

| *  साथी लालकाजी को कलामा केन्द्रित भएर कोरिएको कविता "मौनता" 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...