Thursday, April 2, 2020

तर्कना

युद्ध जितेको दिन आजको
अहो फेरि उहि तर्कना
थाहा छैन सपना कस्ता आउने हुन्,
रातले त आफ्नो धर्म नछोडी
अँध्यारो छोडेर गयो मझेरीमा,
रात छिप्पिदै छ
रातको १२:३० पनि भैसकेछ
शहरमा कहर छ
र पनि मौनता छाएको छ।
एक अर्को भयानक रात
त्यो भन्दा भयानक बिहान हुनेछन्
जहाँ मृत्युका अप्डेट माथी चर्चा हुनेछन्
अहो कस्तो तर्कना ??
छाती माथी दुई हात राखी जप्छु
हे भगवान !कसैलाई केही नहोस्
नपरोस् पढ्न अनि सुन्न
मृत्युका आर्तनादहरु भोलि
बिज्ञानको बिजय सुन्न पाइयोस
होमो प्याथियोलोजिको सफलता सुन्न पाइयोस
अनि सुन्न पाइयोस
रोकिए दुनियाँबाट आज मृत्युका यात्रा पनि।
अनि बिश्वाश लिन्छु
कि यी मेरा तर्कनाहरु
सत्य होउन्
साचो होउन् ।

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...