Saturday, April 4, 2020

जीवनका सौन्दर्य बोधहरु

कस्तो बोध यो?
जीवन प्रतिको मोह
जिन्दगी प्रतिको चाह
सुन्नै चाहन्न म हिजोआज
मृत्‍युका खबरहरु,
सिङ्गो संसार शोक मनाई रहँदा
म खोतल्न थाल्दछु
केवल आफ्नै जीवनका
जिजिविशाहरु मात्र
मस्तिस्कमा छिराउन खोज्छु
बग्रेल्ती लेखिएका जीवन दर्शनहरु
बुझ्न् खोज्छु बलजफ्ती
आखिर के हो
जीवन अनि जिन्दगी भनेर
माया के हो भनेर
मोह के हो भनेर
बिस्फोट हुन खोज्छन्
आँफै भित्रका गुम्स्याईहरु
अतित बर्तमान र भबिश्यका
भैपरि पारी आउने भवितब्यहरु
एस्तो लाग्छ म पागल भएको छु
जीवन अर्थ खोज्दा खोज्दै
नितान्त 'अजिब गरीब' सवालहरु
अनि जवाफ आँफै दिन्छु
सन्तुस्ट हुँदै हुन्न म
आफ्नै जवाफहरु सङ्ग।
किन कि म सौन्दर्य मात्र खोज्दैछु
यो संसारको, यो दुनियाँको
हैन। 
मात्र म अनि मेरो जीवनको
जानी नजानी लम्ब्याईएका कविताहरु जस्तै
म जीवनको सौन्दर्य खोज्दैछु
म त्यती साह्रै कुटिल त छैन
कि म बुझ्न् सकुँ
जीवनका सौन्दर्य बोधहरु। 
आखिर हावा चलेकै छ
जुन घाम उदाइ रहेका छन्
ताराहरु झिलमिलाई रहेका छन्
हरेक चिजहरुमा बस्तुहरुमा रङ्ग देख्छु
फूलका रङ्गहरुमा हराएको हुन्छु
जे छन् वरपर
जे भेट्छु वरपर
सबै जीवन्त नै पाउँछु
भने, म किन आँफैलाई बोझ थुपार्दै छु
कि जिन्दगीलाई बुझ भनेर
जिन्दगी आँफै जीवन्त छ
जीवन्त नै जिन्दगी छ
हर बस्तुमा सौन्दर्यता भेट्छु भने
किन भन्न् सक्दिन म आफु आँफैलाई
कि म पनि एक दार्शनिक हुँँ भनेर
जति मैले बुझेको छु
आफ्नो जिन्दगीको बारेमा
जति म लेख्न र बताउन सक्छु
आफ्नै जीवनको बारेमा
अरु कसैले सक्छ?
कति सजिलै भन्न सक्छु म
म मृत्‍यु सङ्ग त्रसित छु
मलाई मर्नु छैन
एही नै हो मेरो बुझाई
यही नै हो मेरो बोध आजको
जीवन मोहको
प्राप्तिको
अनि सौन्दर्यको।।

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...